तामाङ चलचित्र संघको २ दिने कार्यशाला गोष्ठी सम्पन्न
July 6, 2018 | Tamangfilm | 3:41 pm

तामाङ चलचित्र संघको २ दिने कार्यशाला गोष्ठी सम्पन्न

अषाढ २२ स्मारिका थीङ तामाङ

तामाङ चलचित्रको बजार ब्यवस्थापन तथा तामाङ चलचित्र सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी नारायणथान डाडागाउ स्थित ग्रीन भ्याल्ली रिसोर्टमा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्य र तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङको अध्यक्षतामा सम्पन्न भएको छ । तामाङ चलचित्र संघका बाह्य बिभाग प्रमुख दीपेन्द्र दोङ साथै प्रशिक्षकको रुपमा अतिथि निर्देशक अरुण देउ जोशि ,अब्बल अनुभवी क्यामेरा म्यान नारायण जिसी को उपस्थित मा कार्यशाला गोष्ठी सप्पन्न भएको छ। पहिलो दिन असार २१ गते तामाङ चलचित्रलाई कसरी बजारिकरण गर्ने भन्ने विषयमा भएको २ दिने कार्यशाला गोष्ठीको उत्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथिहरुले स्वागत मन्तव्यको क्रममा जनजाती चलचित्रहरुले कसरी अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने र त्यो स्तर सम्म पुग्नको निम्ति हाम्रो जनजाती चलचित्रहरुमा कसरी गुणस्तरियता ल्याउने भन्ने विषय प्रती हामी केन्द्रित हुनु पर्ने कुरामा केही महत्वपुर्ण कुराहरु राखिएको थियो र धेरै अन्तरराष्ट्रिय चलचित्र महोत्सव हरुमा छनौट मा परी ५ वटा बेस्ट फिल्म अवार्ड जित्न सफल सिन्जाली भाषाको लघु चलचित्र प्रदर्शन गरेका थिए ।

दोश्रो दिन असार २२ गते परिचयात्मक कार्यक्रमको सुरुवातमा ,तामाङ चलचित्र संघका सल्लाहकार बाहिरि बिभाग प्रमुख दीपेन्द्र दोङ्ले कार्यशाला गोष्ठीको सुरुवातमा प्रशिक्षकका रुपमा रहेका ब्यक्तिहरु बारे केही जानकारी दिनुभएको थियो । यस कार्यशाला गोष्ठीको प्रशिक्षक नारायण जिसी ले अन्तरास्ट्रिय प्रतिस्पर्धा प्रदर्शनिमा गएको सिन्जाली भाषाको पुर्ण रुपमा प्राकृति तबरबाट खिचिएको चलचित्र कमारोमा गरिएको सिनोमेटोग्राफी कसरी गरियो जसमा क्यामारार्तफ अत्यन्तै फरक ढ्ङ्गबाट प्राकृतिक दृश्यहरु खिचिएको जुन हामिले हेर्दा पनि एक किसिमको स्पष्ट फरकपन देखिने तर अत्यन्तै प्रभावकारि थियो यो तरीकाहरु कसरी अबलम्बन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी क्यामाराम्यान अरुण जोशीले यी यस्ता प्राकृति दृश्यहरुलाई क्यामारामा कैद गर्नको निम्ति केही प्राबिधिक तरिकाहरु बारे प्रशिक्षण दिए,बास्तबमै जनजातीय चलचित्रलाई कसरी मुलधारको चलचित्रको बराबरीमा पुर्याउने भन्ने लामो अन्तर्किया कार्यक्रम पश्चात् चलचित्र बिकास बोर्ड्का प्रतिनिधि को विशेष आतिथ्यमा कार्यक्रम समापन भएको थियो, उक्त कार्यक्रमलाई चलचित्र संघका सचिब रोशन फ्युबा तामाङले सन्चालन गरेका थिए। कार्यक्रम मा ५३ जना तामाङ चलचित्र सँग सम्बन्धित नायक नायिका , निर्माता , निर्देशक तथा कलाकारहरुको बाक्लो उपस्थिती थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News