तामाङ चलचित्र आप्लेङ्ला नाम्साले दर्शकको मन जित्दै
July 30, 2018 | Tamangfilm | 5:04 am

तामाङ कथानक चलचित्र आप्लेङ्ला नाम्साले दर्शकको मन जित्दै

स्मारिका थिङ – हाम्रो मिडिया ग्रुप
यतिबेला तामाङ चलचित्र जगतमा आप्लेङ्ला नाम्सा चलचित्रले एक खालको भुकम्प ल्याएको छ मानौ दर्शकहरुलाई हल्लाएको छ र आप्लेङ्ला नाम्सा चलचित्र हेरेको हरेक दर्शकले यस चलचित्रको गुनगान गरिरहेको पाईएको छ,बास्तबमै चलचित्र अत्यन्तै पृथक अनि,कथा पट्कथा अत्यन्तै राम्रो रहेको छ तामाङ चलचित्र जगतमै पहिलो एतिहासिक हेलम्बु र ह्योल्मोली समाजको सस्कार र सस्कृतिलाई स्पष्टका साथ चलचित्र मार्फत देखाईएको छ।चलचित्रमा कलाकारहरुले पनि आ-आफ्नो भुमिकालाई न्यायका साथ जिबन्त बनाएका छन र उक्त चलचित्रलाई तामाङ चलचित्र जगतका चर्चित डान्स कोरियोग्राफर अजय स्याङ्तानले निर्देशन गरेका छन।

चलचित्रको कथाबस्तुले दर्शकलाई उत्साहित बनाएको छ विशेष गरि मीत साईनोको कथालाई लिएर निर्माण गरिएको चलचित्रमा मुख्य तामाङ समाज र ह्योल्मोली समाजको चित्रण गरिएको छ मितेरि साईनोको आधारमा कथा बस्तुलाई अत्यन्तै आकर्षक ढङ्गबाट प्रस्तुत गरिएको र चलचित्रमा ह्योल्मोली भाषा ठेट तामाङ तामाङ भाषा साथै पर्बते भाषा पनि सुन्न सकिन्छ।नेपालको प्राकृतिक सुन्दरतालाई समेत कन्जुस्याइँ नगरी चलचित्रमा देखाईएको छ,समग्रमा आप्लेङ्ला नाम्सा सिङ्गो तामाङ समाजले हेर्नै पर्ने चलचित्र हो भन्ने कुरामा कुनै दुईमत छैन।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News