तामाङ कथानक चलचित्र “सेर्कु”को पोस्टर सार्वजनिक
May 29, 2018 | Tamangfilm | 3:25 pm

तामाङ कथानक चलचित्र सेर्कुको पोस्टर सार्वजनिक

प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र सेर्कुको पोस्टर सार्बजनिक भएको छ । चलचित्रको यति खेर सम्पादन कार्य लगभग सकिएको नायक तथा लेखक ऋतुराज पाख्रिन ले जानकारी दिएका छन्

विशुद्ध तामाङ सस्कृतिमा आधारित कथाबस्तुमा निर्माण भएको सेर्कु ले तामाङ फिल्म क्षेत्रमा एउटा नया आयाम थप्ने विश्वास छ निर्माता एवं निर्देशक राजकुमार मोक्तानका अनुसार चलचित्र “सेर्कु”मा नायक ऋतुराज पाख्रीन, सुस्मा मोक्तान , सुस्मा थिङ र उर्मिला वाईबाको प्रमुख भुमिका रहेको छ भने लामो समयको अन्तारालपछी नायिका चाँदनी मोक्तानको विशेष भुमिका रहेको छ भने यस चलचित्रमा शैलुङ अनलाइनका अध्यक्ष तथा पत्रकार श्याम योन्जन , चर्चित खलनायक बिकास स्याङतान , फापरे गायक बैरागी मोक्तान , मुस्कान ग्याबक , योगेश मोक्तान , किरण तामाङ , गोपिराम आदिको शसक्त भुमिका रहेको जानकारी दिनुभयो ।

यस फिल्मलाई रोशन फ्युबाले छयांकन तथा सम्पादन गर्ने जिम्मा सम्हालेका छ्न। दीपेन्द्र हमालको शृङ्गार रहेको यस चलचित्रमा कथा/पटकथा/संबाद ऋतुराज पख्रीनकै रहेको छ भने राज कुमार मोक्तान र जीबन बोम्जनको शब्द, आर.बी सिङदन र राज कुमार मोक्तानले गितमा संगीत भर्नु भएको छ। अमृत लामा , जितु लोप्चन, आर. बि सिङदनले गीतमा स्वर भर्नु भएको छ भने फिल्ममा राज कुमार मोक्तान र सिद्धार्थ मोक्तानले निर्माण गर्नु भएको छ भने निमा दावा रुम्बा तामाङ र तेन्जिङ सेर्पा ह्याल्मोले सहनिर्मातामा गर्नु भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News