तामाङ कथानक चलचित्र दोखाङ पोखरामा प्रदर्शन हुँदै ।असोज ६ गते
September 19, 2018 | Tamangfilm | 6:50 am

तामाङ कथानक चलचित्र दोखाङ पोखरामा मा प्रदर्शन हुँदै ।

Tamang Film

 

तामाङ कला सस्न्क्रिती मा आधारित तामाङ कथानक चलचित्र दोखाङ यही अशोज ६ गते बिहान ८ बजे पोखराको बिन्दबासिनी हल मा प्रदर्शन हुने भएको छ । दुबै म्रिगौला पीडित तेमाल गाउपालिका ९ का दुर्गा लामा को सहयोगार्थ नेपाल तामाङ् घेदुङ कास्कीको साहकार्यमा बिशेष प्रदर्शन गर्न लगिएको हो ।

भुइसल लामाको प्रस्तुती, मान बहादुर तामाङ् र निमा थिङ को निर्माण , डि बि दोङ को निर्देशन रहेको दोखाङ यो भन्दा पहिले काठमाडौं को बिभिन्न हल हरुमा प्रदर्शन गरिसकेको छ । चलचित्रमा गरीब परिवारको दु:ख पिडा र समाजमा बिद्यम्मान रुढिबादी चालचलन को बिरुद्दमा आवाज उठाएको छ । समाज रुपान्तरण को लागि चलचित्र को महत्वपूर्ण भूमिका रहेको हुनाले तामाङ् चलचित्रलाई हेरेर माया गरिदिनुहुन दोखाङ कि प्रस्तुत कर्ता एबम कलाकार भुइसल लामा ले अनुरोध गर्नुभएको छ । कास्की पोखरामा रहनुहुने सम्पूर्ण तामाङ तथा गैर तामाङ दाज्युभाइ तथा दिदी बहिनी हरुलाई चलचित्र हेरेर दुबइ रिगौला पीडित दुर्गा लामा लाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ

दोखाङ मा भुइसल लामा , निर्मल लामा , सिता थिङ, तुल्सँग मोक्तान , रोशनी ब्लोन , सुनिता लुङ्बा , मान बहादुर तामाङ, मेम्बर लो, निमा थिङ आदी कलाकारहरुको अभिनय रहेको छ ।

TRAILER

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News