चलचित्र प्रदर्शन गरेर मृगौला पीडित लाई सहयोग
July 30, 2018 | Tamangfilm | 5:12 am

चलचित्र सेम्की ताम प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम बाट उठेको बिरामी कर्मु तामाङ् लाई हस्तान्तरण गरियो

प्रकाश तामाङ- हाम्रो मिडिया ग्रुप

 

ड्रगन फिल्मस् र ल्हाप्साङ्कार्पो म्युजिक को संयुक्त आयोजनामा साउन १२ गते दुबइ मृगौला पीडित कर्मु तामाङको सहयोगार्थ तामाङ चलचित्र सेम्की ताम प्रदर्शन तथा सान्स्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । सामाजिक बिकास मन्त्री प्रदेश न ३ माननिय युवराज दुलाल ज्यु को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम मा चर्चित गायक प्रेम लोप्चन , रोज मोक्तान , सानु वाइबा , लोकेन लामा , प्रयास दोङ , जीवन बोम्जन, सुबास मोक्तान लगायत दुई दर्जन कलाकारहरुको भब्य प्रस्तुती , गहाना फिल्मस् को तर्फ बाट अभी लामा र अनिता गोले को सम्योजकत्वमा न्रित्य प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रम मा तामाङ चलचित्र जगतका निर्देशक तथा नायक आमिर दोङ , नायक सागर घिसिङ, कलाकार कुइसाङ रुम्बा लगायत चर्चित कलाकारहरुको बाक्लो उपस्थिती थियो ।

सान्स्कृतिक कार्यक्रम सकिए सङ्गै तामाङ चलचित्र सेम्की ताम प्रदर्शन गरेका थिए । प्रिया तामाङ ले ल्हाप्साङ्कार्पो म्युजिक को ब्यानरमा निर्माण गरिएको सेम्की ताम लाई रोशन फ्युबा ले निर्देशन, छायान्कन तथा सम्पादन गरेको हो भने सुक्का तामाङको पटकाथा सम्बाद रहेको छ । कुमार मोक्तान , प्रियाा तामाङ , उर्शी श्याङ्बो , सिद्धी लामा , शाइली वाइबा , नेत्रे तामाङ, लाल श्याङ्बो लगायतको कलाकारहरुको अभिनय रहेको छ ।यो भन्दा अगाडि भारत को नयाँ दिल्ली मा दुई पटक गरी ६ शो र काठमान्डौ को सिद्दार्थ हल मा प्रदर्शन गरिसकेका थिए ।

कार्यक्रम मा सबै कलाकार तथा उपस्थित महानुभावहरुले आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रम बाट शङ्कलित तथा बिदेश बाट प्राप्त सहयोग रकम रु १,१८५६५ साउन १३ गते एक कार्यक्रम बिच दुबइ मृगौला पीडित कर्मु तामाङलाई ड्रगन फिल्मस को प्रोपाइटर तथा कार्यक्रम सम्योजक हिरा बोम्जन , ल्हाप्साङ्कार्पो म्युजिक को प्रोपाइटर रोशन फ्युबा र श्री लार्के आधारभुत बिद्यालय का प्र अ अजय धिताल को हात बाट संयुक्त रुपमा हस्तान्तरण गरियो ।

कर्मु तामाङ को अनुसार मृगौला प्रत्यारोपन गर्नको लागि कम्तिमा १६ लाख खर्च लाग्ने भनेर डक्टर ले भनेको हुनाले अझै सहयोगी हात हरु प्रती अनुरोध गर्नुभएको छ । अहिले सम्म यु के बाट ५ लाख गरी जम्मा जम्मी ८ लाख जत्ती रकम शङ्कलन भाईसकेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News