अध्यक्ष जेनिस दोङ द्वारा प्रस्तुत तमाङ चलचित्र संघको भाबी कार्यदिशा सम्बन्धी कार्यपत्र
July 19, 2018 | Tamangfilm | 5:53 am

तामाङ चलचित्र संघ

तस्रो महाधिवेशनमा सल्लाहकार दीपेन्द्व दोङसँगका सहकार्यमा अघ्यक्षजेनिश दोङद्घारा प्रस्तुत तामाङ चलचित्र सघ आगामी र्कायिदशा कार्यपत्र
आदरणीय चलचित्र साथीहरू ।

मान्छे एउटा सामाजिक प्राणी हो । उ चेतनशील र आफैमा विवेकशील पनि हुन्छ । त्यसैले
उसलाई बाच्नका लागि खाना, बस्नका लागि बासस्थान र मौसम अनुसार लुगा मात्र भएर पुग्दैन । तन मनलाई पुनर्ताजगी दिने मनोरञ्जन पनि चाहिन्छ । त्यसमा पनि चलचित्र मनोरञ्जनको सबैभन्दा लोकप्रिय विधा हो । यो किन लोकप्रिय भयो भने—चलचित्र मात्र एउटा यस्तो माघ्यम हो जसबाट हामीले मनोरञ्जनको साथ साथमा महत्पूर्ण विषय र मुद्दाका बारेमा समेत दर्शकहरुलाई बुझाउन चाहेको सन्देश बाँड्न सक्छौ ।यसैले हरेक देशमा चलचित्रले पनि एउटा उद्मोगकै मान्यता रहैसियत पाएका छन् ।
तर नेपालीमा भने चलचित्र क्षेत्रले अझै पनि अन्य उद्मोग सरहको मान्यता र पाइरहेको छैन । त्यसले चलचित्र प्रदर्शन गर्दा पाउने मनोरञ्जन कर छुट बाहेक खासै सहुलियत राज्यबाट होला ? सहजै अनुमान लगाँउन सकिन्छ ।तर पनि तामाङ भाषा लगायत नेपालका थुप्रै जातजाततिका मातूभाषाहरुमा चलचित्र निमार्ण भने रहलाग्दो भैरहेका छन् ।

समान रुपान्तरणमा तामाङ चलचित्र
अब कुरा गरौ तामाङ चलचित्रका आफैमा किन केका लागि बनिरहेका छन? भन्ने प्रश्न उब्जिरहेको छ ।भन्नुको मतलब अझैसम्म पनि तामाङ चलचित्रहरु पहिचानकै लागि सघर्षरत छन् । किन भने तामाङ चलचित्रले न ०यवसाय गन ै सकेका छन् न कुनै एउटा निश्चित विषयलाई नै मजबुत ढगबाट उठान गर्न सकेका छन् ।२०५२ सालमा निर्मित पहिलो तामाङ चलचित्र सेमरी छोरङदेखि २०७० को फागुन तामाङ चलचित्रमा लगनी गरेको अनुभव विरलै मात्र छ ।

यसो हुनुमा ०यवसायिक सोचको कमी हो । तामाङ चलचित्र अझैमा ब्यवसायिक हुन सकेको छैन । त्यसलाई सौखकै छन् । त्यसैले अहिले धेरै धेरैले यसमा सौखकै रुपमा लिइरहेका छन् । त्यसै त सीमित दर्शक र बजारका बिचर्मा खुम्चिनुपर्छ तामाङ भाषाको चलचित्र भन्ने वितिकै । त्यसमाथि पनि सहि ढगबाट दर्शकसम्म नै पुग्न सकेका छैनन् हाम्रा चलचित्रहरु ।

तामाङ चलचित्र उपलब्धीहरु
तामाङ चलचित्र अलेसम्मको यात्रा र उपलब्धीलाई मूल्याँकन गर्दा निराश भैहाल्नुपर्ने अवस्या पनि छैन । तामाङ चलचित्रहरुले ब्यवसायिक धार समात्न नसके पनि समाज रुपान्तरण र समुदायलाई हरेक विषयमा जागरुक बनाउँन तामाङ चलचित्रहरुले खेलेको भूमिकालाई पनि कम भन्न मिल्दैन । चलचित्र अमफैमा सञ्चारको सर्वाधिक लोकप्रिय विधा हो । मनोरञ्जनको साथमा महत्वपूर्ण सन्देशहरु पनि हामीले दर्शक र समाज माझ सहजै सम्प्रेषण गर्न सक्छै चलचित्रको माघ्यमबाट ।
अहिले हरेक तामाङहरुमा एक किसिमका जातीय चेतना, साँस्कूतिक, ऐतिहासिक र धार्मिक लगायतका हरेक क्षेत्रमा पहिचानको चेतना आएका छन् । जास्तो हामीले आफ्नो मातूभाषाको सरक्षण गनुपर्छ, केही महत्वपूर्ण कार्यक्रम वा समारोह भयो भने तामाङ गोअीलो लगाउँनु पर्छ, दशै तिहारको साटो ल्होछारलाई विशेष महत्वका साथ मनाउँनुपर्छदेखि महत्वपूर्ण निर्णायक राजनीतिसम्म समेत तामाङहरु जागरुक बनेका पाउँछौ । यसमा कसैले मान्लान् नमान्लान् तर तामाङ चलचित्रले खेलेको भूमिका विषय प्रष्टसँग उठाउँन नसकेको होला तर तिनका पात्रहरुलाई तामाङ गोअीलो भाषा नै बोल्न लागाएका छन् । अनि सन्दर्भ मिलोस् या तामाङ तामाङ मिलेर हरेक समस्याको समाधान गरेको देखि लिएर कुपात्रलाई तह लगाएको वा उसको मनोदशा नै परिवर्तन गराएकोसम्मका कथाहरु बुनका पाइन्छ । यसले दर्शकमा अप्रत्यक्ष ढगबाट राजनीतिक र मनोवैज्ञानिक छाप छोडेको छ । समग्रमा यो समाजका लागि सकारात्मक उपलब्ध ठहरिएको छ ।

रोजगारीको अवसरको सिर्जना
भलै निर्माताको लगानी फिर्ता भएका घट्ना थोरै होलान् । तर तामाङ चलचित्रले पनि धेरैलाई अप्रत्यक्ष रोगारीको अवसर जुटाइदिएको छ । निर्देशक र कलाकार अझै रहरमै सीमित रहनु दुखद कुरा भए पनि प्राविधिक पक्षका धेरैले तामाङ चलचित्रबाट रोजगारी पाइरहेकै छन् । तर तामाङ चलचित्रबाट लाभ लिने प्र्र्र्र्र्राविधिकहरुमा गैर तामाङको सख्या बढी हुनु दुखद कुरा हो । यसतर्फ तामाङ चलचित्र सघ गम्भीर छ । यस्तै स्टारडम बनाइसकेका केही कलाकारहरुले थोरै आधिकारिक निकायसम्म तामाङ चलचित्रले पनि प्रतिधित्व गर्न पाएको छ । यही नै तामाङ चलचित्रको यो झण्डै २ दशकको उपलब्धी हो । अब यसलाई सँस्थागत गरी ब्यवसायिक उपलब्धीका लागि जुट्ने बेला आइसकेको छ ।

स्तरोन्नति र ब्यवसायिकताका लागि सस्थागत पहल
तामाङ चलचित्रको स्तरोन्नति उपलब्धीका लागि चलचित्रकर्मीहरुबीच सहाकार्य र समन्वय हन अत्यन्त जरुरी छ । त्यसैका लागि तामाङ चलचित्र संघ विगत ६ वर्षदेखि सक्दो ढंगबाट क्रियाशील छ । आलोचना मात्र गर्नेहरुलाई त कसै गरी छेक्न सकिन्न, तर यो छ वर्षको दौरानमा तामाङ चलचित्र संघले हासिल गरेका उपलब्धीहरुलाई कम आँकलन गर्नु हुँदैन । हेटौंडामा सम्पन्न दुई महत्वपूर्ण चलचित्र महोत्सवले दर्शक र चलचित्रकर्मीबीच प्रत्यक्ष अन्तर्सवाद मात्र गराएन हाम्रा चलचित्रहरुमा रहेका कमजोरी र राम्रा पक्षहरुको उजागार गर्ने काम पनि भए । त्यसैको परिणति हो—अहिलेका तामाङ चलचित्रहरुमा रहेका प्राविधिक रुपमा मात्र होइन विषयगत र मेकिङका हिसाबले पनि स्तरीय बन्न थालेका छन् । देश विदेशका पर्याप्त लगानी र दक्ष चलचित्रकर्मीहरुले बनाएका चलचित्रहरुसँग अन्तराष्टिय चलचित्र महोत्सवहरुमा पुरस्कृत सेल फोन र नालिस जस्ता चलचित्रहरुले पाएको सफलतामा पनि तामाङ चलचित्र संघको कतैन कतै केही अप्रत्यक्ष भूमिका अवश्य नै छ ।

हरेक चलचित्र दर्शकसम्म पुग्नका लागि नै बनाइन्छन् । र, ब्यवसायिकता पनि चलचित्र निमार्णको मूल प्रयोजनभित्र पर्दछ । तर तामाङ चलचित्र मात्र होइन अहिले विभिन्न जनजाति र आदिवासीका मातृभाषामा निर्माण गरिएका चलचित्रहरुले आफू बाहुल्यता क्षेत्रमा समेत स्वस्फूर्त रुपमा प्रदर्शन हुने अवसर पाइरहेका छैनन् । यो दर्शक अभाव भन्दा पनि राज्यकै कमजोर नीति र हेपाहा प्रवृतिका कारण भैरहेका छन् । यहि कुरालाई घ्यानमा राख्दै आफू बाहूल्यता रहेको आदिवासी जनजाति चलचित्र क्षेत्रका नीति निर्माणका सरोकावाला पक्षहरुसँग गरेको छलफल र वार्ताका संयोजन सदस्य संस्थाको तर्फबाट तामाङ चलचित्र संघले गरेको कुरा यहाँ उल्लेख गरिन आवश्यक छ । उतm वार्ता र छलफलको परिणामस्वरुप देशभरका हल सञ्चालकहरुको संगठन नेपाल चलचित्र संघ मातृभाषी चलचित्र लागि सम्बन्धित समुदायको बाहुल्यता रहेको क्षेत्रका हलहरुमा हरेक दिन विहान ९ बजेको शो समय उपलब्ध गराउँन तयार भएको कुरा पनि यहाँ उल्लेख्य हुन आउँछ । तर निर्णय भैसकेर पनि उतm सहमति अझै कार्यान्वयन भने हुन सकेको छैन । यसमा हामी मातृभाषी चलचित्रकर्मी र संघ संस्था पनि जिम्मेवार छौ । किन भने हाम्रा भाषाका चलचित्र हलवालाको ब्यवसाय धानिदिनसक्छ भन्ने आत्मविश्वास दिलाउँने चलचित्र निमार्णमा हामी अझै पनि पछि नै छैं । त्यसैले आगामी दिनहरुमा तामाङ चलचित्र संघ यसमा गम्भीरताका साथ लागि पर्नेछ ।

तामाङ चलचित्र संघका विद्ममान समस्या र चुनौतिहरु
हरेक गैरसरकारी र गैर नाफामुलक संघ जस्तै तामाङ चलचित्र संघ पनि आफ्नै क्षेत्र अर्थात तामाङ चलचित्रको समस्या पहिचान गर्दै उदेश्यले नै संघर्षरत सँस्या हो । तर स्थापनाको छ वर्षसम्म पनि संघ अझै आफ्नो पहिचानको लागि नै संघर्षरत रहनुपरेको तीतो यथार्थ हो । मृलत संघ विद्ममान चुनौति र समस्याहरु निम्न छन् –

१ संस्थागत पहिचान
सिंगो तामाङ चलचित्रकर्मीहरुको एकमात्र छाता संगठन भएर पनि संघमा अझै सबै चलचित्रकर्मीहरु गोलबन्द हुन सकेको छैनन् । अंगुर अमिलो भन्ने कथा जस्तै संघभित्र नआउँने र बाहिर बसेर संघका बारेमा आलोचना गदैं हिड्ने चलचित्रकर्मीहरु छन् ।ती चलचित्रकर्मीहरुलाई संघमा हुनु र नहुनुको महत्वबोध गराउँन ु संघको सबैभन्दा ठूलो चुनौति हो । यसलागि प्रत्यक्ष अनुभव गर्ने र देख्न सकिने केही गतिविधि तत्काल गर्न आवश्यक छ ।

२ सदस्यता र नेतृत्व विस्तार
अहिले जुन अनुपातमा चलचित्र निर्माण भैरहेका छन्, त्यसलाई आधार मान्ने हो भने संघसँग आवद्ध सदस्यको संख्या अत्यन्त न्यृन हो । त्यस्तै संघभित्र अझै पनि सहि नेतृत्व गर्नृ सक्ने अर्थात तामाङ चलचित्रका मुद्दा र समस्याका बा रेमा अरुलाई बुझाएर मोटिभेट र कन्भिन्स गर्न सक्ने सदस्यको खाँचो रहेको तीतो यथार्थलाई पनि हामीले भुल्नुहुँदैन । त्यसैले सदस्यता विस्तार गर्न आवश्यक तत्परता संघले देखाउँन जरुरी छ भने सदस्यहरुको दक्षता अभिवृद्धि गर्ने कार्यक्रमहरु तत्काल सञ्चालनमा ल्याउँन आवश्यक छ ।

भावी कार्यदिशा र योजनाहरु
माथि उल्लेखित समस्या र चुनौतिका बीचमा रहेर तामाङ चलचित्र संघले तय गरेका भावी कार्यदिशा र योजनाहरु बूँदागत रुपमा यस प्रकार छन् ।

१ मजबुत संगठन.
विधानमा उल्लेख भए अनुुुसार चलचित्रकर्मीको पहिचान गरी बढी चलचित्रकर्मीहरुलाई समेटी सदस्य विस्तार गरी संगठनलाई मजबुत बनाउँने यसै गरी विभिन्न जिल्लाहरुमा समेत संघको शाखाहरु विस्तार गर्ने ।

२. चलचित्र दर्ता .
कुनै पनि तामाङ चलचित्र निमार्ण गर्नुपूर्व संघमा दर्ता गर्नुपर्ने प्रावधान बनाउँने । यसका लागि चलचित्र विकास बोर्ड र आदिवासी जनजाति चलचित्र महासंघसँग नीतिगत छलफल र पैरवीलाई अगाडि बढाउँने । संघको अनुशासन विभागलाई सक्रिय बनाइ संघको स्वीकृति विना बनाईएका चलचित्रहरुलाई छायाँकन, सेन्सर र प्रदर्शनमा समेत रोक लगाउँन आवश्यक पहल गर्ने । यसका लागि आवश्यक विनियम यथशीघ्र बनाउँने ।

३. चलचित्र प्रदर्शन र प्रवद्र्धन .
संघमा दर्ता भइका चलचित्रहरुको प्रदर्शन र प्रवद्र्धनका लागि संघले सक्रिय भूमिका खेल्ने । त्यसका लागि तामाङ चलचित्रहरुको सम्भाब्य बजार क्षेत्रलाइ पहिचान गरी आवश्यक नेटवर्कको विस्तार गर्ने त्यसै गरी हल सञ्चालकहरुसँग विगतमा भएका सहमति कार्यान्वयनमा ल्याइ कमसेकम तामाङ बाहुल्यता भएका जिल्ला र क्षेत्रमा रहेका हलहरुमा तामाङ चलचित्र सहज रुपमा प्रदर्शन गर्ने वातावरण मिलाउँन छलफल र पैरवीलाई पुन निरन्तरता दिने ््््््ंंंं

४ दक्षता अभिवृद्र्धन .
स्तरी तामाङ चलचित्र निर्माण हुन नसक्नुमा चलचित्रकर्मीहरुको सम्बन्धित क्षेत्र र विषयमा ज्ञान र दक्षताको अभाव मुख्य कारण हो । त्यसैले सदस्य चलचित्रकर्मीहरुको ज्ञान, दक्षता र सीपकला अभिवृद्धि गराउँन आवश्यक तालिम, कार्यशाला र गोष्ठीहरुको सञ्चालन गर्ने ।

५ राज्यसँगको बहस
अहिले मुलुकमा मुलधारका चलचित्रभन्दा मातृभाषाका चलचित्रहरु बढि निर्माण भैरहेका छन् । तुलनात्मक रुपमा मातृभाषाका चलचित्रहरुमा अझ बढि रहेका हुन्छन् । तर राज्यको एकल भाषीय सोंचका कारण मातृभाषाका आफ्नोपन बढि रहेका हुन्छन् । तर राज्यको एकल भाषीय सोंचका कारण मातृभाषाका चलचित्रहरुको स्वामित्व राज्यले पनि गनुपर्ने कुरालाई जोड दिइ राज्यबाट पाउँने सेवा र सुविधाका लगि नीतिगत पहल गर्ने ।

६ दर्ता र सेन्सर संघले नै गर्ने.
आगामी दिनमा तामाङ चलचित्रहरुको दर्ता र सेन्सर संघ आफैंले गर्ने पाउँने गरी राज्यका सम्बधितद निकायसँग आवश्यक लबिङ गर्ने । त्यस्तै मूलधारका चलचित्र सरह सेन्सर र दर्ता शुल्क तिर्नुपरेको अहिलेको ब्यवसाथामा परिमार्जन गरी मातृ भाषाका चलचित्रहरुको लागि सहुलियत सहितको छुट्टै ब्यवस्था लागृ गाराउँन आवश्यक पहल गर्ने ।
७ जातीय मुद्दाका लागि ऐक्यवद्दता जनाउँने.
मुलुक यतिखेर संविधान लेखन र राज्य पुनुसंरसचनाको क्रममा छ । त्यसैले तामाङ समुदायको आदिथलो, भाषा, सस्कृति र राजनितिक हक अधिकारको सुनिश्चितता लागि हुने हरेक अभियानहरुमा सक्दो सहभागीता जनाइ ऐक्यबद्दता जनाउँने । त्यसका लागि हाम्रा चलचित्रहरुबाट पनि यसकाबारेमा सक्दो प्रयास गर्ने ।

८ महोत्सव र अवार्ड गर्ने.
तामाङ चलचित्रको स्तरोन्नति र बजार प्रवद्र्धनका लागि सघंले गर्दे आएको चलचित्रको महोत्सवहरुलाई क्षेत्रीय र केन्दीय स्तरबाट गरेर निरन्तरता दिने । तामाङ चलचित्रको विदेशमा बढ्दो आकर्षणलाई ध्यानमा राखी नेपालको बाहुल्यता रहेको मुलुक जस्तै भारत, दक्षिण, कोरिया, अमेरिका, युएइ, कतार र मलेसियामा महोत्सव आयोजन गर्ने पहल गर्ने । प्रतस्पर्धाबाट नै गुणस्तर बढ्छ भन्ने मान्यतालाई स्वीकारी संघकै पहलमा तामाङ फिल्म अवार्डको आयोजना गर्ने । यसका लागि अन्य तामाङ संघ संस्थाहरुसंग पनि समन्वय गर्ने सकिनेछ ।

९ कार्यलय स्थापना र सचिवालय सञ्चाला.
माथि उल्लेखित संघका भावी कार्यदिशा र योजनाहरु पूरा गरउँन महाधिवेशन सकिए लगतै पायक पर्ने ठाउँमा संघको आफ्नै कार्यलय स्थापना गरी आवश्यक कोष परिपूर्ति गर्न चलचित्र साँझ, चलचित्र प्रदर्शन लगायतका कार्यक्रम गरी सदस्यहरुबाट लेभी कडाइका साथ उठाएउँनै ।

१० चलचित्र कल्याण कोष.
संघका सदस्य चलचित्रकर्मीहरुलाई आपद विपदमा राहत सहयोग प्रदान गर्ने छुट्टै चलचित्र कल्याण कोषको आवश्यकता महसुस गरिएको छ । त्यसैले यसलाई पूर्णत दिन यथसक्य कोषको स्थापना गर्ने रजराहत जुटाउँन विभिन्न प्रभावकारी कार्यक्रमहरुको सञ्चारलन गर्ने ।
जय ताम्सालिङ १ जय तामाङ चलचित्र संघ ११


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News